Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १४ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ ।

आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन्  ।केहि दिन अघि झापाको दमकमा पनि एक वृद्धमा कोरोना संक्रमण देखिएको थियो । यो समेत झापामा दुईवटा कोरोना संक्रमित फेला परेका छन् ।

तपाईको प्रतिक्रिया