Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, १४ बैशाख २०७७ । लकडाउनको कारण काठमाण्डौंमा रोकिएर अप्ठेरो अवस्थामा भएकाहरुलाई घर फर्कने व्यवस्था मिलाइने भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रबाट काठमाण्डौंमा अस्थायी रुपमा बसोबास गर्दैरहेका घर फर्कन नपाएर विशेष अप्ठेरो अवस्थाका मजदुर, श्रमिक र विद्यार्थीहरुलाई घर फर्काइने भएको हो ।

आज बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापा क्षेत्र नं.–५ को क्षेत्रीय समितिको बैठकले काठमाण्डौंबाट घर फर्कन चाहने अप्ठेरो अवस्थाका आफ्नो निर्वाचन क्षेत्रका मजदुर, श्रमिक, विद्यार्थी लगाएतलाई पार्टीको तर्फबाट आवस्यक प्रशासनिक तथा प्राविधिक सहयोग समन्वय गरी घर फर्कने वातावरण तयार गर्ने निर्णय भएको क्षेत्रीय समितिका सचिव दुर्गा चम्लागाईं श्रिकान्तले बताएका छन् ।

संविधानसभा सदस्य तथा क्षेत्रीय इन्चार्ज दिपक कार्कीको प्रमुख उपस्थितिमा कार्कीकै निवासमा क्षेत्रीय समिति संयोजक मदन अधिारीको अध्यक्षतामा बसेको बैठकले घर फर्कने ब्यवस्थापन गर्न समिति समेत गठन गरेको बताइएको छ ।

अबर परेकाहरुलाई घर फर्काउने जिम्मेवारीको अगुवाइ रञ्जित तामाङ(९८५१०९८५६१), सुरेन्द्र बस्नेत(९८५१०८८२२८), खगेन्द्र अधिकारी (९८५१०७३०५२) लगाएतका नेताहरुले गर्ने भएकाछन् । ९ सदस्य रहेको सो समितिमा मनोज दाहाल(९८५१०३१०२५),  कमल काफ्ले (९८४१८८५६००),  ऋषि वराल(९८५१०६९२२१), ओम बस्नेत(९८५१०४४४७२),  शिव घिमिरे(९८५११४०५७) र अग्नि घिमिरे रहेका छन् ।

त्यसैगरी बैठकले कोरोना रोकथाम नियन्त्रणको जिम्मेवारीमा नेपाल भारत सिमा क्षेत्रमा खटिएका यस निर्वाचन क्षेत्र भित्रका अस्थायी पोष्टहरुलाई ब्यवस्थित गर्न अतिआवस्यक पर्ने सामाग्रीहरु तत्काल उपलब्ध गराउनु पर्ने निर्णय गर्दै सो को लागि स्थानीय तहसंग अवस्यक सहजिकरण गर्ने निर्णय समेत गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments