Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १३ वैशाख । जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी र मध्य भू-भाग तथा पश्चिमी पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघगर्जनर चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकाले वर्षा जारी रहने महाशाखाले बताएको हो।

शनिबार दिउँसो देशभर सामान्य बदली रहने र पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति पश्चिमी पहाडी भू-भाग तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया