Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाइनबिचार
१३ बैशाख २०७७ । नेपालमा कोरोना देखिएको तीन महिनाको अवधिमा नौ हजार चार सय सात नमुना पिसिआर विधिबाट परीक्षण भएको छ । ‍यो अत्यन्तै न्युन संख्या हो ।

कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्न पिसिआर विधिलाई आधिकारिक मानिन्छ । आरडिटीमा कोरोना पोजेटिभ देखिएकाहरूको पनि पुष्टि गर्न पिसिआर विधिबाट परीक्षण गरिन्छ । र्यापिड टेस्ट ठूलो संख्यामा सबै जिल्लाबाट गरिएको भएतापनि यसको विश्वसनीयतामा प्रश्न उठेको छ । पिसिआर नै कोरोना परीक्षणको मुख्य आधार हो ।

हालसम्म पिसिआर विधिबाट परीक्षण हुने नेपालका १५ ठाउँ

  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
  • शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
  • कोसी अस्पताल, विराटनगर
  • जनकपुर प्रादेशिक अस्पताल
  • भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला
  • प्रादेशिक प्रयोगशाला, भैरहवा
  • वीर अस्पताल, काठमाडौं
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडा
  • काठमाडौं शिक्षण अस्पताल, धुलिखेल
  • पाटन अस्पताल, ललितपुर
  • सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत
  • भेरी अस्पताल, नेपालगन्ज
  • सेती प्रादेशिक अस्पताल, धनगढी
तपाईको प्रतिक्रिया