Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, १२ वैशाख । झापाको गौरादह नगरपालिकाको विपद् व्यवस्थापन कोषमा गौरादह नगरपालिका भित्ररहेका संघ संस्था,कर्मचारी, राजनीतिक दल,शिक्षक तथा विभिन्न व्यक्तीहरुले आर्थिक सहयोग गरिरहेका छन।

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको समयमा नगर भित्र बसोवास गर्ने नागरिकहरुमा आइपर्ने समस्या समाधान गर्न नगरवासीहरु एकजुट भएका हुन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले लगाएको लकडाउनमा नगरपालिका भित्रका ज्यालामजदुरी गरेर खाने, दैनिकी जिवन चलाउन कठिन भएका परीवार तथा समुदायलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गर्नलाई विभिन्न संघ संस्था बाट नभई विदेश बाट पनि आर्थिक सहयोग गर्न थालेका छन् ।

नगरभित्र रहेका बिपन्न परिवारलाई समान रुपमा राहत उपलब्ध गराउन नगरपालिकाले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने निति लिएकाले सबैले नगरपालिकामा जम्मा गर्ने कार्य भइरहेको छ।

यसै क्रममा नेपाली काँग्रेस गौरादह नगर समितिले गौरादह नगरपालिकाको प्रकोप कोषमा रकम सहयोग गरेको छ । पार्टिको तर्फबाट गौरादह नगर सभापति यादवराज सेढाईंले १ लाख १ सय ११ रुपैयाँ नगर प्रमुख रोहितकुमार शाहलाई हस्तान्तरण गरेका छन् । त्यस अवसरमा नगर सचिवद्वय बेद प्रकाश सुवेदी, नेत्र खड्का, नगर सदस्य दिपक खड्का, इमानसिंह तामाङ, वडा नं. ९ का वडाध्यक्ष सिताराम भट्टराई, वडा नं.२ का वडा सदस्य विजय कन्दङ्वा, नेविसंघ नगर सभापती बाबुराम नेपाल, जेसीज अध्यक्ष तारा श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि सन्जिव कार्की लगायतको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

यसैबीच दोस्रो चरणको राहत वितरणका लागि तयारी भइरहेको र भोली बस्ने कार्यपालिकाको बैठकले राहत वितरण कहिले गर्ने भनेर निर्णय गर्ने नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिए । यस्तै सम्पूर्ण वडामा फुड बैंक स्थापना गरिएकोले सहयोगी दाताहरुबाट सहयोग आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया