Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

दमक, १२ बैशाख २०७७ । झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा  झापाको दमक-३ स्थित जनता चोक निवासी ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ।

बिहीवार दमक नगरपालिकाले गरेको र्यापिड डाईग्नोस्टिक टेस्टमा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । आरडिटीको रिपोर्टपछि शुक्रबार बिहान दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग फागोले स्वाब परिक्षणका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान गएका थिए । बिपीमा गरिएको स्वाब परिक्षणमा ३ जना मध्ये १ जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

एक महिना अघि यु ए इ ( दुबई) बाट फर्केका २८ वर्षे छोरामा पहिलो पटक गरिएको आर डि टि परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछी परिवारका अन्य सदस्यको समेत परिक्षण गरिएको थियो । सो परिक्षणमा ती युवाको आमा र बाबुको रिपोर्ट पोजेटिभ तर उनकी श्रीमतिको भने नेगेटिभ आएको थियो ।

दमक नगरपालिकाले संक्रमित ब्यक्तिहरुको ट्राभल हिस्टोरि तयार गर्ने सुरु गरेको जनाएको छ । संक्रमण देखिएको क्षेत्रमा थप कडाई गरिएको छ ।सो घर बिहिबार बेलुका देखि नै सिल गरिएको र शुक्रबार सो गाउँ र नजिकै रहेको भुटानी शरणार्थी सिबिर समेत सिल गरिएको दमक ३ का वडा अध्यक्ष नवीन बरालले बताए ।

प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

तपाईको प्रतिक्रिया