Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १२ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ तथा ट्रयाकिङको काम थप व्यवस्थित गर्न भन्दै विभिन्न स्थानीय निकायमा सहजीकरणका लागि टोली गठन गरिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले ट्रेसिङ तथा ट्रयाकिङ बलियो बनाउन स्थानीय तहलाई परिचालन गर्न टोली गठन भएको बताए। जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाका व्यक्ति, प्यारामेडिक्स वा नर्स गरी ३ सदस्यीय टोली बनाइएको छ। हरेक गाउँपालिकामा एउटा समूह, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटाको दरले उक्त टिम ट्रेसिङ तथा ट्रयाकिङका लागि परिचालन हुने मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमितको संख्या ४८ छ जसमा १० जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा आरडिटी विधिबाट ३८ हजार ८९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ४ सय ७ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४७ हजार ४ सय ९६ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८९ जना रहेका छन्। काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन्। क्‍वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन्। गत २४ घण्टामा ३ हजार ७ सय ९१ नयाँ परीक्षण भएका छन् । कुल रेड जोनमा पर्ने व्यत्तिको संख्या २८७ पुगेको छ भने, आज ९ जना व्यत्ति रेडजोनमा परेका छन् ।

तपाईको प्रतिक्रिया