Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

विराटनगर, १२ वैशाख । कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएका भोजपुरको हतुवागढी गाउँपालिका(६ होम्ताङका युवकलाई उपचारका लागि विराटनगर ल्याइने भएको छ ।

३० फागुनमा साउदी अरबबाट फर्किएका उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि भएको थियो । लगत्तै उनलाई घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएको छ ।

थप उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाइने निर्णय भएको जिल्ला जनस्वास्थ्य प्रमुख फणिन्द्र कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया