Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १२ वैशाख । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मूल्य तोकेको हो ।

सरकारले उखु, धान, लगायतका बालीमा समर्थन मूल्य तोक्दै आएको छ ।

यसअघि आर्थिक वर्ष ०७४र०७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो । त्यसयता मूल्य निर्धारण भएको थिएन ।

गहुँ बाली उठाउने समयमा सरकारले मूल्य निर्धारण गरेकाले अब नेपाली किसानले उत्पादन गरेको गहुँ भण्डारणमा यसले सहयोग पुग्ने सरकारले अपेक्षा गरेको कृषिमन्त्री धनश्याम भुसालले बताए ।अनलाइनखबर

तपाईको प्रतिक्रिया