Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठमाडौं, १२ वैशाख । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मूल्य तोकेको हो ।

सरकारले उखु, धान, लगायतका बालीमा समर्थन मूल्य तोक्दै आएको छ ।

यसअघि आर्थिक वर्ष ०७४र०७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो । त्यसयता मूल्य निर्धारण भएको थिएन ।

गहुँ बाली उठाउने समयमा सरकारले मूल्य निर्धारण गरेकाले अब नेपाली किसानले उत्पादन गरेको गहुँ भण्डारणमा यसले सहयोग पुग्ने सरकारले अपेक्षा गरेको कृषिमन्त्री धनश्याम भुसालले बताए ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments