Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १२ वैशाख । सरकारले सोमबार जारी गरेका विवादास्पद दुवैअध्यादेश फिर्ता लिएको छ । अध्यादेशको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सरकारले राष्ट्रपतिलाई पत्र पठाउनुपर्नेछ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । त्यसलगत्तै अध्यादेशको विरोध भएको थियो । अध्यादेशका विषयलाई लिएर सत्तारुढ दलभित्रै अध्यादेश फिर्ता लिन दवाव बढेको थियो ।

तपाईको प्रतिक्रिया