बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

पत्रपत्रिका, समाचार
१२ बैशाख २०७७ शुक्रवार
काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई २ लाख रुपैयाँ जरिमाना गरेको छ ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिमाना गरेको हो ।

त्यस्तै, विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई ५०र५० हजार रुपैयाँ जरिमाना गरेको छ । रासस

तपाईको प्रतिक्रिया