Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ११ वैशाख । प्रहरी प्रधान कार्यालयले सबै तहका प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालका विभिन्न रुपहरुमा आवद्ध नहुन निर्देशन दिएको हो ।

प्रधान कार्यालयले आफू मातहतका सबै विभाग, ब्यूरो, निर्देशनालय, प्रहरी अस्पताल, प्रदेश कार्यालय तथा संघीय प्रहरी इकाई कार्यालयहरुलाई त्यस्ता कार्यको अनुगमन र कारबाहीका लागि निर्देशन पनि दिएको छ ।

सामाजिक सञ्जाल व्यवस्थित प्रयोगसम्बन्धी निर्देशिका र नेपाल प्रहरीको सञ्चारमाध्यमसम्बन्धी नीतिको पालनाअनुरुप काम गर्न निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया