Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ११ वैशाख। कोरोना विपदमा नागरिकको साथका लागि स्थापित मेची अभियानले तीन वटा स्यानिटाइजिङ टनेल निर्माण गरेर मेची अस्पताल भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जडान गरिदिएको छ।

मेची अस्पतालमा केही दिन अघि उक्त मेसिन जडान गरिएको हो । भने बुधवार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय भद्रपुरमा जडान गरिएको छ।

ती सबै मेसिन बिजुलीबाट सञ्चालन हुने किसिमका हुन् । अस्पताल तथा प्रहरी कार्यालयहरूमा पस्दा अनिवार्य रूपमा स्यानिटाइजिङ मेसिन भित्र पस्नुपर्छ। जहाँ स्प्रेबाट पुरै शरीरलाई नै केमिकलले स्यानिटाइजिङ गर्दछ।

उक्त मेसिन जडान भएपछि अस्पतालका कर्मचारी तथा अस्पतालमा आउने सेवाग्राहीको शरीर स्याटिइजिङ गर्न सहज भएको मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पीताम्बर ठाकुरले बताए। ती तीन वटै मेसिन एक लाख चालिस हजार रुपैयाँमा बनेको मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिए।टाइम्स अफ प्रदेश

तपाईको प्रतिक्रिया