Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ११ वैशाख । केन्द्रीय कारागार त्रिपुरेश्वरका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार ती दुवै नर्सलाई कोरोना भाइरसको आशंकामा टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

कारागार अस्पतालमा गत सोमबार ४० जनामा गरिएको र्‍यापिड डाग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
दुवै जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएसँगै दुवै जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया