Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ११ वैशाख । कोरोना भाइरसका जोखिमका कारण सरकारले घोषणा गरेको लक डाउनको आज एक महिना पुरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो ।

चैत ११ गते बिहान ६ बजेबाट सुरु हुनेगरी गरि जारी गरिएको लक डाउनको समय पटक–पटक थप भएर बैशाख १५ गतेसम्म पुयाईएको छ । लक डाउनमा अत्यावश्यक र पासबाहक सवारी बाहेक अन्य साधनहरु सञ्चालन भएका छैनन् । अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीति लिएको छ ।

ठाउँ ठाउँमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । लक डाउनको समयमा पनि उपत्यका छाडेर बाहिरिनेको संख्यामा भने कमी आउन सकेको छैन् । सवारी साधन बन्द भएपनि हिँडैरै गन्तव्य जानेहरुको संख्या अत्याधिक रहेको छ । उपत्यकाका भिडभाड हुने ठाउँहरु सुनसान रहेपनि भित्री गल्लीहरुमा केही खाद्यान्न पसल र तरकारी पसलहरु भने बिहान बेलुका खुल्ने गरेका छन् । लक डाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई समस्या भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार बुधबारसम्म नेपालमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । एकै ठाउँमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश नम्बर १ सबैभन्दा बढी प्रभावित भएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया