Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ११ वैशाख । समाजवादी पार्टी र राजपाबीचको एकतापछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

बिहीबार बिहान निर्वाचन आयोगमा दर्ता भएको हो। दुई दबलबीचको एकतापछि बनेको जनता समाजवादी पार्टीको दर्ता नम्बर १३८८ रहेको छ।

नयाँ दल दर्ता गर्न कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता पुगेका थिए।

बुधबार मध्यराति राजपा र समाजवादीबीच एकताको सहमति भएको थियो।राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए ।

बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
निर्वाचन आयोगमा एकीकृत पार्टीका रुपमा ‘जनता समाजवादी पार्टी’ नाममा दर्ता भएको छ। झन्डा यसअघि समाजवादीले प्रयोग गरेको हुनेछ भने चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको ‘छाता’ हुनेछ। नेताहरुको कार्यविभाजन भने भइसकेको छैन ।कान्तिपुर

तपाईको प्रतिक्रिया