गौरादह, १० बैशाख २०७७ । गौरादहका स्थानीयहरु कोरोना रोकथाम नियन्त्रणमा आँफै सक्रिय हुनथालेका छन् । गौरादह नगरपालिका वार्ड नं.२ का युवाहरु यतिखेर धमाधम गाउ बस्तिमा भाइरेक्स र क्लोरिन stable bleaching power स्प्रे गरिरहेका छन् ।
वार्ड नं २ अन्तर्गतको ५ नंम्बर टोल समितिका सचिव फणिन्द्र बर्देवाको अगुवाइमा आदर्श सांस्कृतिक युवा समूहका युवाहरुको सक्रियतामा त्यहाँका टोलबस्तीमा औषधी स्प्रको काम भैरहेको सो सांस्कृतिक युवा समूहका संस्थापक सहसचिव देवि घिमिरेले अनलाइनबिचार डिजिटल खबर पत्रिकालाई बताए ।
नगरपालिकाले स्वास्थ्य सतर्कता अपनाउन सार्बजनिक स्थान तथा गाउँ, चोक, बजारक्षेत्र लगाएत स्थानहरुमा स्प्रे गर्ने योजना अनुसार औषधि उपलब्ध गराउदै आएको छ ।
नगरपालिकाले सबै वडा कार्यलयहरुमा औषधि बितरण गरेको र सबै वडा कार्यलयहरुले वडा भित्रका टोल समितिहरु मार्फत सो औषधि गाउँगाउँ पुर्याइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शराम भट्टराईले बताए ।