Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ९ बैशाख २०७७ । नेकपा बरिष्ठ नेता माधव नेपालले पार्टी एकता कमजोर हुने गतिविधि नगर्न आग्रह गरेका छन् । नेता नेपालले हाल विकसित कतिपय घटनाक्रमले पार्टी भित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै पार्टी एकता कमजोर हुने गतिविधि नगर्न आग्रह गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७ औं स्थापना दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपालले पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइ राख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पाटी काममा क्रियाशील रहन सबैमा आग्रह गरेका छन् । उनले चुनौतीपूर्ण सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

‘पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दर्छु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘व्यक्तिवाद, संकीणं स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेस वा अनावश्यक आशंका र अविश्वामबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसंग पकिएर अघिबढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।’

कोरोनाले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला महामारीको संक्रमणका विरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने उनले बताएका छन् ।

‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहीबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशका उत्पन्न हुने तथा पार्टीको एकतामा आधात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन’, नेपालले भनेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया