Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

धनगढी, ९ वैशाख । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ वर्षीय युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् ।

धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए । लगातार दोस्रो रिपोर्ट पोजिटिभ आएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए । दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए । चैत १४ गते कोरोना पुष्टि भएको थियो ।

यसअघि तीन पटक परीक्षण गर्दासम्म पोजिटिभ देखिएको भए पनि चौथो पटकदेखि नेगेटिभ रिपोर्ट आएको हो । उनीसहित पाँच जना संक्रमितको उपचार भइरहेको सेतीबाट आइतबार लम्कीका २१ वर्षीय युवक पनि निको भएर डिस्चार्ज भएका थिए । अन्य तीन जना संक्रमितको भने उपचार भइरहेको छ । तीमध्ये आइतबार डिस्चार्ज भएका युवकका भाउजुको भने उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया