Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले प्रस्ताव गरेको अध्यादेश जारी गरेकी छन् ।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यिवधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

आजै दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझै पारित गरेकी हुन्।

छिन् मन्त्रिपरिषद बैठकले पार्टी केन्द्रिय समिति र संसदिय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हुनुपर्ने हटाएर दुईमध्ये एकमा ४० प्रतिशत पुगे हुने व्यवस्था सहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

त्यस्तै संवैधानिक परिषदमा गणपुरक संख्या पाँचबाट चार जनामा झार्ने अध्यादेश पनि पारित गरेको थियो ।

यी अध्यादेश आजै राजपत्रमा प्रकाशित गर्ने तयारी समेत गरिएको छ ।

राष्ट्रपतिले जारी गरेको अध्यादेश संसद अधिवेशन सुरु भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनुपर्ने संबैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया