Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ , ८ बैशाख २०७७ । सरकारले पार्टी फुटाउने प्रावधानबारे गरेको नयाँ निर्णयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्वीट गर्दै सरकारले ‘बेमौसको बाजा’ बजाएको संज्ञा दिएका छन् । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने प्रावधानका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

कांग्रेसले भने महामारीका बेला यस्तो निर्णय ल्याइनुलाई बेमौसमको बाजाको संज्ञा दिएको हो । कांग्रेस प्रवक्ता शर्माले सरकारको निर्णय लगत्तै ट्वीटरमा लेखेका छन्, ’संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो ।

नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ ।’

तपाईको प्रतिक्रिया