Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

अनलाईन बिचार
झापा, ८ बैशाख २०७७ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गौरादह नगरकमिटीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोष खातामा नगद आर्थिक सहायता प्रदान गरेको छ । सो कोष खातामा जम्मा गर्नेगरी पहिलो चरणमा १ लाख ११ हजार १११ रुपयाँको चेक हस्तान्तरण भएको हो ।

सोमबार नगरपालिकाको कार्यलयमा संक्षिप्त प्र्रतिनिधिमूलक राहात हस्तान्तरण कार्यक्रम गरी नगर प्रमुख रोहित कुमार शाहा र उपप्रमुख गीता भेट्वाललाई संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेले बताए । पार्टीले स्थापना गरेको कोरोना भाइरस रोकथाम नियन्त्रण कोष मार्फत नगरपालिकाको प्रकोप ब्यवस्थापन कोष खातामा जम्मा हुने गरि हाललाई सो रकम हस्तान्तरण गरिएको समेत उनले जनकारी गराए ।

आवस्यकता र परिस्थिति अनुसार स्थानीय सरकारको प्रकोप ब्यवस्थापन कोष समृद्ध बनाउन नेकपा गौरादह नगर कमिटीको तर्फबाट आर्थिक सहायतालाई निरन्तरता दिइने कार्यक्रममा सहभागि नेकपा गौरादह नगर कमिटी इन्चार्ज हुकुम नेपालीले बताएका छन् ।

चेक हस्तान्तरण संगै नेकपा नगर कमिटी गौरादहको तर्फबाट नगर कार्यपालिकाको कार्यलयलाई सम्बोधन गरी अध्यक्ष मित्रदेव काफ्ले र सचिव माधव भट्टराई द्वारा हस्ताक्षर गरिएको पत्र समेत हस्तान्तरण गरिएको छ ।

पत्र मार्फत देशको वर्तमान जटिल परिस्थितिमा सबै पक्षको एकिकृत प्रयासबाट मात्रै स्थितिको सामना गर्न सकिने भएकाले सम्पूर्ण स्थानीय राजनैतिक दल,संघसंस्था लगाएतलाई पनि जिम्मेवारी बोधका साथ परिचालनका लागि आव्हान र अनरोध समेत गरिएको छ ।

हस्तान्तरण गरिएको  चेक तथा पत्र ग्रहणगर्दै नगर प्रमुख शाहाले कोभिड–१९ कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगाएतका लागि स्थानीय सरकारले स्थापना गरेको कोषमा स्वतस्फुर्त ठूलो आर्थिक सहायता गर्नुभएको भन्दै नेकपा गौरादह नगर कमिटीलाई  धन्यवाद ज्ञापन गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments