Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धनुषा , ८ वैशाख । घरायसी कुरामा झगडा परेपछि आफ्नै बुवालाई छोराले रड प्रहार गरी हत्या गरेको छ । गएराति धनुषाको शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनी सदाले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पैसा नदिएपछिबुवाको टाउकामा रड प्रहार गरी छोराले हत्या गरिएको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

प्रहरीका अनुसार नथुनीले बुवासँग पैसा मागेको र बुवाले पैसा नदिएपछि दुबै जनाबीच विवाद भएर झगडा भएको थियो ।

सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर सुखियाको टाउको पछाडि हानेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।

हत्या गरी फरार रहेका नथुनीलाई आज बिहान इलाका प्रहरी कार्यालय यदुकूहाको टोलीले पक्राउ गरेको छ ।

नथुनीलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक केसीले बताए ।रासस

तपाईको प्रतिक्रिया