मंगलबार, चैत्र १४, २०७९
Tuesday, March 28, 2023

गौरादह, ८ बैशाख २०७७ । गौरादह नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले राहात कोषमा एकमुष्ष्ठ नगद हस्तान्तरण गरेका छन् । शिक्षक महासंघका घटक संघ–संगठनको प्रतिनिधिूलक उपस्थितिमा नगरपालिकाको सो प्रकोप व्यवस्थापन कोषमा आइतबार नगद २ लाख २३ हजार १४९ रुपयाँ नगर प्रमुख रोहितकुमार शाहालाई हस्तान्तरण गरेका हुन् ।

गौरादह नगरपालिका भित्रका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत २९० शिक्षक, ५५ जना सका शिक्षक तथा ४१ जना कर्मचारीहरुको एक दिन बराबरको पारिश्रमिकबाट जम्मा हुन आएको रकम सो राहात कोषमा जम्मा गरिएको शिक्षक महासंघका गौरादह नगर अध्यक्ष बाबुराम भण्डारीले बताए ।

पहिलो चरणमा संकलित नगद तथा चेक शिक्षक महासंघ झापाका अध्यक्ष बुद्धिमान कार्की र नगर अध्यक्ष भण्डारीले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । कोषमा शिक्षक तथा कर्मचारीको तर्फबाट ३ लाख भण्दा बढी नै जम्मा गरिने लक्ष रहेको प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लिराम अधिकारीले बताए । थप रकम दोस्रो चरणमा केहिदिन भित्रनै जम्मा गरिने बताइएको छ ।

हस्तान्तरण गरिएको नगद तथा चेक ग्रहणगर्दै नगर प्रमुख शाहाले कोभिड–१९ कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगाएतका लागि स्थानीय सरकारले स्थापना गरेको कोषमा स्वतस्फुर्त ठूलो आर्थिक सहायता गर्नुभएको भन्दै शिक्षक कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया