Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

पत्रपत्रिका, समाचार
८ बैशाख २०७७ सोमबार
कैलाली । सुदूरपश्चिममा प्रदेश सरकारले स्थापना गरेको कोराना भाइरस उपचार तथा नियन्त्रण कोषमा झन्डै एक करोड ५० लाख रुपैयाँ थप जम्मा भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – विभिन्न बैङ्क, प्रदेशसभा सदस्यलगायत संस्था र व्यक्तिहरूले सो कोषमा सहयोग रकम जम्मा गरिरहेका छन् । प्रदेश सरकार आफैँले ४० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।

यसैबीच विगतमा समेत जङ्गलमै बसेर जीविकोपार्जन गर्ने लोपोन्मुख राजी समुदाय जङ्गलमा खाद्यान्न अभाव भएपछि पुनः आसपासका गाउँमा फर्किएका छन् । उनीहरूलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराउने भएको छ ।

कन्दमूल खाएर छाक टार्न सहज हुने भन्दै एक साताअघि जङ्गल पसेका डडेल्धुरा परशुराम नगरपालिका–१२ आमपानीका १२ घरधुरीका राउटे परिवार राहत पाउने भएपछि गाउँ फर्किएका हुन् ।

‘लकडाउनका कारण छाक टार्न समस्या भएपछि तरुल र गिठ्ठा खाएर पेट पाल्न गाउँ छाडेर करिब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय जङ्गलमा आएका थियौँ,’ चन्द्रसिंह राउटेले भने, ‘अब नगरपालिकाले राहत दिने भनेपछि शनिबार घर फर्किएका छौँ ।’ बन्दका कारण गाउँमा मजदुरी गर्न नपाउँदा बाँच्न गाह्रो परेको अनिता राउटेले बताइन् ।

परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउँदले जङ्गल पसेका राउटेलाई घर फिर्ता गरेर राहतसमेत उपलब्ध गराएको बताए । नगरप्रमुख साउँदले भने, ‘राउटेले खाद्यान्न अभावका कारण जङ्गल पस्नुपर्ने अवस्था रहँदैन । उनीहरूले गाई, बाख्राका गोठ तथा खोर निर्माणको निहुँमा चुरेक्षेत्रको वन फँडानी गर्दै दर्जन बढी टहरा बनाएका थिए ।

ती टहरा सबडिभिजन वन कार्यालय जोगबुडा, डङ्सेरा सामुदायिक वनलगायतको टोलीले जलाएको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले बताइन् ।

तपाईको प्रतिक्रिया