बुधबार, चैत्र ०८, २०७९
Wednesday, March 22, 2023

सुनसरी, ७ वैशाख । अबदेखि बीपी प्रतिष्ठानकै ल्याबले क्रस भेरिफिकेसन गर्ने भएको छ । कोरोना भाइरस संक्रमण भए नभएको क्रस भेरिफिकेसन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ ।

प्रतिष्ठानमा पीसीआर विधिबाट पोजिटिभ रिपोर्टकोपुनः परीक्षण हुने प्रतिष्ठानका सह प्रवक्ता डा.अशोक ऐरले बताए। उनका अनुसार र्‍यापिड डाइग्नोस्टीक टेस्ट वा एउटा मेसिनबाट पीसीआर रिपोर्ट पोजिटिभ आएमा विभिन्न ठाउँमा भइरहेको परीक्षण पोजिटिभ आउँदा क्रस भेरिफिकेसन गर्न काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा नै पुर्‍याउनुपर्थ्यो।

सरकारले क्रस भेरिफिकेसनका लागि प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबलाई तोकेकाले अब काठमाडौं पठाउन नपर्ने उनले बताएका छन् । उनले प्रतिष्ठानमै नमुनाको भेरिफिकेसन गर्दा राष्ट्रिय जनप्रयोगशालामा भार कम पर्ने र कोरोनाको पीसीआर नतिजा छिटो आउने बताए।कान्तिपुर

 

तपाईको प्रतिक्रिया