Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

कमल, ७ वैशाख । कोरोना भाइरस(कोभिड-१९) को संक्रमण हुन नदिन सरकारले जारी गरेको लकडाउनले समस्यामा परेका दैनिक मजदुरी गर्ने आर्थिक अवस्था कमजोर भएका परीवारहरुलाई झापाको कमल गाउँपालिकाकाले दोस्रो चरण अन्तरगत १५४० विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको कारण गरिएको लकडाउनले गाउँपालिका भित्र बसोबास गर्ने श्रमिक, मजदुर एवं विपन्न वर्ग खाद्यान्नबाट वन्चित हुन नदिन कमल गाउँपालिकाले वडा मार्फत चामल सहितको खाद्यान्न सामग्री वितरण सम्पन्न गरेको हो ।

कमल १ मा २५२, कमल २ मा ३४४, कमल ३ मा ३०, कमल ४ मा १४७, कमल ५ मा ३२९, कमल ६ मा ३१२ र कमल ७ मा १३४ परिवारलाई राहत वितरण गरिएको कमल गाउँपालिका प्रवक्ता सीता निरौलाले जानकारी दिनुभयो ।

शनिवार र आइतबार दुई दिन लगाएर राहत वितरण कार्य सम्पन्न गरिएको हो। टोल बिकास समितिको अगुवाईमा लक्षित वर्ग पहिचान गरी विपन्न परिवारलाई राहत स्वरुप उनिहरुलाई चामल , दाल , नुन, तेल र साबुन दिइएको छ । २ जनाको परिवार भए १० केजी चामल , दाल १ केजि, तेल १ लिटर , एक पोका नुन र एउटा साबुन प्रदान गरिएको छ ।

यस्तै २ जना भन्दा माथी परिवार संख्या भएमा १५ केजि चामल, २ केजि दाल , १ लिटर तेल , एक पोका नुन र साबुन बितरण गरिएको उहाले बताउनुभयो । यस अघि पहिलो चरणमा १४८६ परिवारलाई राहत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया