Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

धनगढी, ७ वैशाख । कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका उपचारपछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।

भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भइरहेको सेती अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले बताए ।

यसअघि सेती प्रादेशिक अस्पतालमा पाँच जना संक्रमित बिरामीको उपचार भइरहेकोमा लम्कीचुहाका २१ वर्षीय युवालाई सञ्चो भए पनि अन्य चार जना बाँकी छन् । अन्य संक्रमितका भने लगातार पोजेटिभ रिपोर्ट आइरहेका छन् ।

तपाईको प्रतिक्रिया