Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गाईघाट, ७ वैशाख । उदयपुरको मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि तयारी गरिरहेको छ ।उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा लुकिछिपि बसेका १६ जना मध्ये १२ जना भारतीयसहित १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि तयारी गरिरहेको हो।

प्रारम्भिक ट्राभल हिस्ट्री अनुसार संक्रमितहरुको समूह मोरङ्ग, सुनसरी, सप्तरी र उदयपुका बिभिन्न मस्जिदहरूमा चार महिना बढी बिताएको पाईएको छ । त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद आसपासमा रहेका इस्लाम समुदायका ५३ परिवारका करिव छ सय जनसंख्याको नमुना परिक्षण गर्ने क्रममा शनिवार पहिलो चरणमा ६९ जनाको स्वाव सङकलन गरिएको स्वास्थ्यकार्यालय गाईघाटले जनाएको छ ।

भारतबाट आएकाहरूको ट्रेनको टिकट, अन्य कागजपत्र र बयानका आधारमा प्रहरीले बनाएको प्रारम्भिक ट्राभल हिस्ट्री अनुसार १२ जना भारतीयहरु चार महिना अघि बिराटनगर आएको देखिन्छ । गत डिसेम्वर १० अर्थात मङ्सिर २४ गते उहाँहरू दिल्लीबाट रेल मार्फत जोगवनी नाका भएर नेपाल आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जनाएको छ ।

मङसिर २५ गते बिराटनगरको रानीस्थित मस्जिदमा आईपुगेका ती संक्रमितहरु करिव चार हप्तासम्म त्यहि बसेको र अन्य अरु मस्जिदमासमेत गरी मोरङ्गमा करिव ३५ दिन बिताएको देखिन्छ । त्यसपछि सुनसरीको दुहवी, भोक्राहालगायतका मस्जिदमा करिव छ हप्ता बसेर सप्तरीको चारओटा मस्जिदमा तिनहप्ता बिताएपछि सप्तरीकै फत्तेपुर हुदै उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नं ५ सिवाहिस्थित मस्जिदमा फागुनको २५ गते आईपुगेको देखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

शिवाहीमा सात दिन बसेपछि चैत्र १ गते भुल्के स्थित मस्जिदमा आईपुगेको र ट्राभल हिस्ट्री आएसंगै सप्तरीको सप्तकोशी नगरपालिकाका तीनवटा मस्जिद तथा कञ्चपुर नगरनगरपालिको बरमझिया स्थित मस्जिद क्षेत्रलाई सिलगरी स्थानीयहरुको नमुना परिक्षण गर्ने काम भईरहेको र शनिवार मात्रै ७४ जनाको नमुना सङकलन गरिएको सप्तरी जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले बताएका छन् ।

यसैगरी गत फागुन ३ देखि ५ गतेसम्म मुस्लिम समुदायको धार्मिक सम्मेलन भएको स्थल सप्तरीको बोधेबसाईनमा छुटै नमुना सङ्कलनको व्यवस्था मिलाउने काम भईरहेको र यसका लागि नेपाली सेनासँग सहयोग माग गरिएकोले आजैबाट वर्साइनमा स्वाव संङकलनको छुट्टै केन्द्र सञ्चालनको तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ठाकुरले बताए ।गोरखापत्र

तपाईको प्रतिक्रिया