Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

बिर्तामोड, ६ वैशाख । झापामा छुट्टै कोभिड-१९अस्पताल बनाइने भएको छ । कोरोना भाइरस संक्रमितहरूलाई उपचार गर्न भेन्टिलेटरसहित कम्तीमा ५० शय्याको अस्पताल बनाउन ठाउँ छनोट गर्ने काम भइरहेको जनाइएको छ ।

प्रदेश सरकारअन्तर्गत बन्ने उक्त अस्पताल भद्रपुरस्थित कलवलगुडी प्रशिक्षण केन्द्रको भवनमा वा धुलाबारीस्थित आम्दा अस्पताल भवनमा राख्नेबारे अध्ययन भइरहेको प्रदेश सरकारको क्राइसेस मेनेजमेन्ट टिमका महामारी विशेषज्ञ डा.सूर्य पराजुलीले जानकारी दिए ।

प्रदेश १ मा विराटनगरको कोसी अस्पतालमा कोभिड उपचारका लागि ५० शय्या तयार पारिसकिएको छ । उक्त अस्पतालमा शय्या ७५ वटा पुर्‍याउने तयारी भइरहेको डा.पराजुलीले बताए । त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक सय बेडको छुट्टै कोभिड अस्पताल निर्माण भइरहेको छ ।

‘धरान र विराटनगरमा गरी १ सय ७५ बेडको अस्पताल तयार भइरहेको छ । झापामा पनि ५० बेडको छुट्टै अस्पताल बनाउन सकिए सम्भावित महामारीमा प्रदेशवासीलाई स्वास्थ्य सेवा दिन सजिलो हुने पराजुलीले बताए ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments