Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

२१ साउन ०७५ । महिलामा स्तन क्यान्सर हुने क्रम निरन्तर बढिरहेकाले यस्ता लक्षण देखा परेमा डाक्टरसँग सम्पर्क गर्नुपर्छः

– दुई स्तनको आकारमा उल्लेख्य घटबढ भएमा

– स्तन भित्रपट्टि खुम्रिएमा अथवा यसको आकारमा उल्लेख्य परिवर्तन आएमा

– दुवै अथवा एकापट्टिको स्तनको रङ परिवर्तन भएमा

– स्तनको मुन्टोबाट तरल पदार्थ बगेमा

– स्तनको छाला रातो भएमा अथवा यसमा खटिरा आएमा

– काखी सुनिएमा

– स्तन, काखी अथवा घाँटीतल अगाडिपट्टिको हड्डी दुखिरहेमा

तपाईको प्रतिक्रिया