Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

पशुपति खनाल

कोरोना भाइरस के हो ?
कोरोना भाईरस भनेको कोरोना ग्रुप अन्तर्गतका भाईरस बिशेषगरि जनवार र चराचुरुङीमा रोग लगाउने भाईरस हो र यस भाईरसले मानिसमा श्वास प्रश्वास सँम्बन्धि रोग लगाउने गर्दछ । कोरोना भाईरस सन् १९६० पत्ता लागेको थियो तर अनुसन्धानको कार्य भने अगाडि बढाईएको थिएन। यो भाइरस चाईनाको वुहान भन्ने शहरमा सन् २०१९ डिसेम्बरमा देखा पर्यो र यसको संक्रमण बढदै गएपछि ३० जनवरी २०२० मा यसलाई Pendamic घोषणा गरियो ।

कोरोना भाइरस कसरी लग्छ ?
 यो रोग लागिसकेको ब्यात्तिबाट स्वास्थ ब्यात्तिमा बिभिन्न माध्यमबाट सर्दछ । जस्तै हाक्ष्यु गर्दा वा खोक्दा थुकका छिटाहरुले एक ब्याक्ति बाट अर्को ब्यक्तिमा सर्ने गर्दछ ।
 कुनै स्वास्थ्य ब्याक्ति रोगि ब्यात्ति सँग असुुरक्षित (बिना Safety) सँम्पर्क गरे पनि लाग्ने गर्खछ ।
 यो रोग बिभिन्न जनवारहरुमा पनि देखा पर्न सक्छ तर जनवारहरुबाट मान्छेमा सर्न सक्दैन ( abc news)

यसका लक्षणहरुः
यो रोग लागिसक्ने बित्तिकै कुनै लक्षणहरु देखिदैन तर बिस्तारै यो रोग लागिसकेको केहि दिनपछि मात्रै यसको लक्षणहरु देखा पर्न थाल्छ। त्यसैले यो रोग बाट को ग्रसित छ को छैन त्यतिकै भन्न सकिन्दैन। यो रोग शरिरको प्रतिरोधक क्षमता सँग सँबन्धित भएकाले मानिसमा बिना कुनै लक्षण संक्रमित भएका हुन सक्ने हुन्छ। रोग लागेको तीन दिन पछिबाट केहि लक्षणहरु देखापर्न थाल्छन्। यस रोगका प्रमुख लक्षणहरु ः
 कडा प्रकृतिको ज्बरो आउने ( १००.४ भन्दा माथि)
 सुख्खा खोकि लाग्ने ।
 श्वास फेर्न गाह्रो हुने ।
 घाँटि दुख्ने ।
 टाउको दुख्ने ।
यो रोगका लक्षणहरु रुघा खोकि र निमोनिया संग मिल्ने भएका कारण डक्टरहरुलाई देखाएर कोरोनाको ल्याब टेस्ट गरेपछि मात्र कोरोना हो कि हैन एकिन गर्न सकिन्छ।

यसका रोकथामका उपायहरु
यो रोग एक किसिमको सरुवा रोग हो र असुरक्षि जीवन शैलिका कारण एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने भएकाले यसलाई फैलिन नदिन विभिन्न रोकथामका उपायहरु अपनाउन सकिन्छ।

  • नियमित रुपमा साबुन लगाएर हात धुनुहोस् करीब २० सेकेन्ड सम्म_ मिची मिची हात धुने वा अल्कोहलमा आधारित जिवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्।
  • खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्।
  • रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्।
  • भिड भाडमा नजाने
  • मास्कको प्रयोग गर्ने
  • शरीरिक सरसफाइ गर्ने
  • संक्रमित मान्छेको प्रत्यक्ष सम्पर्क र टाढा बस्ने
  • आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिनुहोस्।

नेपालमा सुरुका दिनमा बिदेशबाट आएका मानिसमा मात्र कोरोनाको संक्रमण देखिएको थियो। जून पहिलो चरण थियो भने केही दिन यता रोगी मानिसहरुबाट नेपाल कै समुदायमा भएको मानिसमा यो रोग भेटिएकोछ जुन रोगको दोस्रो चरण हो ।

यसरी नै फैलदै गयो भने आम समुदायका मानिस संक्रमीत हुने र पुरै समुदायबाट रोग फैलने हुन सक्छ जुन तेस्रो चरण हुन जान्छ । त्यस्तै तेस्रो चरणबाट जब रोगको घटनाक्रम बढ़दै जान्छ तब पुरै समुदाय वा देशभरी फैलन्छ र ब्यवस्थापन गर्न एकदम मुश्किल पर्छ त्यस अवस्थामा रोग चौथो चरणमा गैसकेको हुन्छ। त्यसकरण यो रोग फैलन नादिनका लागि हामीले सावधानी अपनाउन जरूरी देखिन्छ।

हाम्रो देशमा टेस्ट गर्ने पर्याप्त उपकरण नहुँदा केही ढिला हुन गैरहेको छ भने अर्को तिर रोगीहरुको पहिचान नहुँदा रोग फैलदै जान सक्ने सम्भावना नि बढी छ । तसर्थ अहिलेको अवस्थामा मानिस हरुको प्रत्यक्ष सम्पर्कबाट टाढा बस्नका लागि सरकारले कायम गरेको लकडाउन पालन गरी घर मै बस्नु  सुरक्षित हुन्छ।

यो रोग सँग लड्नका लागि स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी तथा सुरक्षा निकायहरु प्रथम घेरामा रहेका छन र सँगसँगै उनिहरु न उत्तिकै जोखिममा रहेका छन । पछिल्लो समयमा जुन तरिकाको रोगको डर र त्राश छ त्यसबाट हाम्रो देशको स्वास्थ्य सेवामा पनि ठुलो प्रभाब परेको छ । ब्यक्तिगत सुरक्षाका उपकरण जसलाई PPE (personal protective equipment) भनिन्छ ।

यी उपकरणहरु पर्याप्त मात्र मा नहुँदा स्वास्थ्य क्षेत्रका ब्यक्तिहरुले प्रभावकारी सेवा दिन सकेका छैनन ।यदी स्वास्थ्य क्षेत्रकै ब्यक्तिहरु असुरक्षित तथा संक्रमीत भए भने ऊनीहरु को संपर्क मा आउने सम्पूर्ण मानिस रोग को जोखिममा पर्छन । साथै भोलिका दिनमा आउन सक्ने यो भन्दा भयाबह अवस्थामा स्वास्थ्यकर्मीहरुको अभाब हुन नि सक्छ यस अवस्थामामा स्वास्थ्यकर्मीहरुको मार्का तथा पिडा बुझ्न पनि जरुरी हुन जान्छ ।

हामी सम्पूर्ण नेपाली जनता आँफै सजक भइ सरकारले कायम गरेको लकडाउनको पालना गरेर अत्यावश्यक काम भन्दा बाहेक घरबाट ननिस्कि बस्न त्यस्तै साबुन पानीले राम्रोसँग हात धुन र रोगी, अपरिचित तथा अन्य मानिसहरुको प्रत्यक्ष सम्पर्कबाट टाढा रही दुरी कायम गर्न आवश्यक देखिन्छ यो रोग सर्न तथा फैलिन नदिन हामी जनता कै हातमा भएकोले हामी आँफै जागरुक हुन आवश्यक देखिन्छ। लेखक जन्स्वास्थ्य कर्मी हुन ।

तपाईको प्रतिक्रिया