Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, ४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा कोरोनाको र्यापिड टेष्ट (आरडीटी) परीक्षण ७७ जिल्लामध्ये आठ जिल्लामा मात्र बाँकी रहेको जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आठ जिल्लामा मात्र आरडीटी परीक्षण हुन बाँकी रहेको र सो बाँकी रहेको जिल्लामा पनि हुने क्रममा रहेको जानकारी दिएका हुन् ।

आरडीटी परीक्षण ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुमपूर्व र डोल्पा बाँकी रहेको देवकोटाले बताए । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट सात हजार दुई सय ४० जनाको र आरडीटीबाट १२ हजार १ सय ९२ गरी कुल १९ हजार ४ सय ३२ वटा नमुना परीक्षण भएका छन् ।

अहिलेसम्म क्वारेन्टाइनमा ४ हजार ९ सय १ जना व्यक्तिहरु रहेका छन् भने, आइसोलेसनमा सम्भावित संक्रमित व्यक्तिहरु १ सय ३ जना रहेका छन् । जसमा उपत्यका भित्र ८ जना र उपत्यका बाहिर ९५ जना रहेका जानकारी दिए । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ सय ६९ जना र आरडीटी विधिबाट तीन हजार २ सय ६३ जनाको नमुना परीक्षण भएको छ । २४ घण्टामा कसैमा कोरोना पोजिटिभ नदेखिएको बताएका छन्।

२४ घण्टामा कसैमा कोरोना पोजिटिभ नदेखिएको र संक्रमितको संख्या १६ नै रहेकोमा जसमध्ये एकजना निको भएर डिस्चार्ज भएको जनाएका छन्। अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ।अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुई,दुई जनाको उपचार हुँदैछ।

गत २४ घण्टामा ६ जना रेडजोनमा रहेको र कुल रेड जोनमा रहेका २ सय ४७ सम्भावित संक्रमित हुने भएकोले उनिहरुको ट्रेसिङको कार्य भइरहेको जनाइएको छ । यस्तै, विरगञ्जको छपकैयामा आज ४ सय आरडीटी परीक्षण गरिएको मा सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट कोभिड-१९को महमारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा का सेवा प्रवाहका लागि अन्तरनिर्देशिका जारि गरिसकिएकोले यसमा कोभिड क्लिनिक सञ्चालन गर्ने अनुमति पाएका २५ वटा हब अस्पताल, ६४ प्रादेशिक अस्पताल, २२ वटा मेडिकल कलेजहरु रहेकोमा काठ्माडौं उपत्यकाका थप १६ वटा निजि अस्पताललाई पनि कोभिड क्लिनिक सञ्चालनका लागि सुचीकृत गरिसकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया