Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झगेन्द्र खड्का
गौरादह, ४ बैशाख २०७७ । नेपाल सरकारले लकडाउन गरि नागरिकहरुलाई घरमा बस्न आब्हान गरेसंगै बजार बन्द हुँदा तरकारी खेती गर्ने किसान मारमा परेका छन्।

कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको समयमा भिडभाड नगर्न र हिनडुल नगर्न सुचना प्रवाह गरेपछि बजारहरु बन्द गरिएका छन्।

बजार बन्द गरिएपछि सागसब्जी किनेर खानेहरुलाई समस्या भएको छ भने ब्याबसायीक तरकारी खेती गर्ने किसानले सागसब्जी बेच्न नपाउदा बारिमा सब्जी कुहिने भएको छ।

ब्याबसायीक तरकारी खेती गर्ने किसानहरुले उब्जाएको तरकारी ब्यापारीहरुले खरिद गरि सिटिसफारी वा साइकलमा बोकेर गाउँ(गाउँमा घुम्ती ब्यापार गरिरहेका छन्। तरकारी फलाएका किसानहरु सँग सवारीसाधन नहुदा ब्यापारीहरुलाई सस्तो मुल्यमा बेच्न बाध्य भएका छन्। सिटिसफारिमा गाउँ घरमा बिक्रीका लागि ल्याइएको तरकारी महँगो मुल्यमा खरिद गर्न गाउँलेहरु बाध्य भएका छन्।ब्यावसायीक तरकारी खेती गर्ने किसानहरुले अहिले बारिमा बन्दाकोपी,करेला,लौका,फर्सी,भिन्डी, खुर्सानी, लगायतका तरकारी फलाएका छन।तरकारीको राजा मानिने आलु देखि लिएर अन्य सबै प्रकारका सब्जीको मूल्य आकाशिएको छ।

भिन्डी,खुर्सानी,करेला लगायतका तरकारीको मूल्य ग्राहकले सोद्दा ब्यापारीले पावाको दाम बताउछन् । केजिको मूल्य बढि हुने भएकाले ग्राहकले किन्दैन भनेर पावाको मूल्य बताउने गरेका हुन।तरकारीहरु मूल्य बढी भएकाले थोरै पैसा बोकेर तरकारी किन्न जाने ब्याक्ती त मूल्य सुन्दै आतिन्छन।बजार बन्द भएका कारण तरकारी किन्न ग्राहकहरु बजारमा नआउने र बिक्री पनि नहुने भएकाले आफ्नो घर वा चौक अगाडि ढाकिमा राखेर बिहान बेलुका बिक्री गरिरहेका छन् । गाौरादह नगरपालिका वडा नं -७ का बिपद राजवंशीले आफ्नो बारिमा रायोको साग लगाएका छन।उनको साग बिक्री गर्ने समय भएको छ।लकडाउनका कारण बजार बन्द हुदा साग बिक्री गर्न पाएका छैनन्।

ब्याबसायीक दृष्टिकोणले रायो साग लगाएका राजवंशी अहिले बिक्री गर्न नपनउदा मारमा परेका छन।ब्यापारीहरु आएर सस्तो मुल्यमा खरिद गर्न खोजेको उनले बताए।सोहि वडाका चुर्ण माक्राले पनि लौका फलाएका छन्।

उनी पनि लकडाउनको चपेटामा परेका छन।बजार बन्दका कारण लौका बिक्री गर्न समस्या भएको उनी बताउँछन्। लकडाउन भएपछि अन्य व्यापार ब्याबसाय ठप्प भएपछि तरकारीको घुम्ती व्यापार गर्दै सिटिसफारी लिएर हिडेका गौरादहका प्रेम शाहले गाउँलेहरुलाई सुबिधा दिने उदेश्यले तरकारीको घुम्ती ब्याबसाय गरेको बताए।

तपाईको प्रतिक्रिया