Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

४ बैशाख २०७७, बिहिबार
काठमाडौं । कोरोना भाइरसको कारण अहिले विश्व नै भयावह अवस्थामा छ । हालसम्म कोरोनाको कारण एक लाखभन्दा बढि मानिसले ज्यान गुमाएका छन् । यस्तोमा कोरोनाबारे चीनबाट केहि राहत हुने खबर सार्वजनिक भएको छ । घातक कोरोना भाइरसको उपचारको खोजीमा विश्वभरका वैज्ञानिकहरु जुटिरहेको परिस्थितिमा चीनले क्लीनिकल ट्रायल शुरु गरेको छ । यो भ्याक्सिन परिक्षणको दोस्रो चरण पनि हो ।

अहिले विश्वभर यसको औषधी बनाउन निकै प्रर्यत्न भईरहेको छ । क्लीनिकल ट्रायल गरिएको यो भ्याक्सिन चीनको इस्टिट्यूट अफ बायोटेक्नोलोजी, एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेस अफ चाइनाद्वारा बनाइएको हो । मानव शरीरमाथि आइतबार यसको दोस्रो ट्रायल शुरु गरिएको चिनियाँ सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । दोस्रो परीक्षण अभियानमा ५ सय स्वंयसेवकको प्रयोग गरिएको उल्लेख छ ।

दोस्रो चरणमा भ्याक्सिनको क्षमतामाथि जाँच हुने

चिनियाँ सरकारी मिडिया चाइना डेलीका अनुसार दोस्रो चरणको जाँच अभियानमा स्वंयसेवकको रुपमा ८४ वर्षीया बुहानका एक व्यक्तिसमेत छन् । उनीमाथि सोमबार भ्याक्सिनको परीक्षण गरिएको थियो ।

रिपोर्टमा बताइएअनुसार भ्याक्सिन जेनेटिक इन्जिनियरिङ्ग (जीनहरुको अध्ययन प्रक्रिया)पद्धतिबाट बनाइएको हो । र, यसले कोरोना भाइरसको संक्रमणबाट हुने समस्यालाई रोक्छ ।

पहिलो चरणमा भ्याक्सिनको परीक्षण गर्दा मुख्य ध्यान यसको सुरक्षामाथि गरिएको थियो तर दोस्रो चरणमा यसको ध्यान क्षमतामाथि गरिएको उल्लेख छ । भ्याक्सिनको परीक्षण गर्न पहिलो चरणमा भन्दा दोस्रो चरणमा धेरै मानिसहरुमाथि सहभागि बनाइएको छ । बताइएअनुसार यस परीक्षण अभियानमा चिनियाँ नागरिक स्वतस्र्फुत रुपमा जोडिएका छन् । यसको पहिलो परीक्षण कार्य गत मार्चमा पुरा भएको थियो ।

भ्याक्सिन अनुसन्धानमा चीन सबैभन्दा अगाडि

हाल यस घातक कोरोना भाइरसलाई रोक्नको लागि विश्वभर कुनै प्रभावकारी औषधी छैन् । अहिलेसम्म कोरोना संक्रमितको समस्याअनुसार अन्य औषधीले समस्या कम गर्ने उपचार विधि अपनाइएको छ ।

चीनसहित अन्य केही देशमा पनि कोरोनाविरुद्वको भ्याक्सिनको क्लीनिकल ट्रायल सुरु भएको छ । तथापि यस अभियानमा चीन भने सबैभन्दा अगाडि छ । वैज्ञानिकहरु चीनबाट यसको भ्याक्सिन सबैभन्दा पहिला आउन सक्ने सम्भावना दर्शाउँछन् । यसको कारण चीनले नोबेल कोरोना भाइरसको जीनोम सिक्वेंसको म्यापिङ्ग (मानव शरिरमा जीनहरुको अवस्थाबारे अध्ययन) गरिसकेको छ । चीनले जीनोम सिक्वेंस म्यापिङ्गबारेको जानकारी यसअघि नै विश्व स्वास्थ्य संगठन, अमेरिका र अन्य देशमा पनि शेयर गरेको थियो ।

आफ्नो देशमा सबैभन्दा पहिलो संक्रमण देखिएको कारण चीनले भ्याक्सिन बनाउने अभियानमा आक्रामक अभियान चलाईरहेको छ । चीनले आफ्नो देशमा एक स्तरमा कोरोनाविरुद्व सफलता पाएपनि त्यो दिर्घकालिन नभएको ठहर गर्दै भ्याक्सिन बनाउनमै जोड दिएको बताइन्छ । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया