Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

मदन अधिकारी

कोरोना भाईरस कोभिड -१९ को महामारीक‍ोकारणले आज विश्व नै थिलथिलो भएको अबस्था छ। आफूलाई सबै किसिमले सर्वशक्तिमान  राष्ट्रको रुपमा राख्न चाहाने शक्ति राष्ट्रहरु पनि यस माहामारीक‍ो कारणले आकुलब्यकुल भै रहेक‍‍ो अबस्था छ । यसक‍ो नियन्त्रणको निमित्त विभिन्न उपायहरु खोजि गरिरहेका छन। आज सम्म यसको अवस्था चिन बाहेक अन्य मुलुकमा बढ्दो छ।

संक्रमण र मृत्युदरमा कुनै कमि आएक‍ो देखिदैन। खुल्ला सिमा रहेको हाम्र‍‍‍ो छिमेकी राष्ट्र भारतमा यो माहामारीको संक्रण तिब्ररुपमा वृद्धि भैरहेक‍‍ो छ । भारतमा लकडाउन बैशाख २१ गते सम्मका लागि घोषणा गरिसकेको छ । यता हाम्र‍ो देशमा संक्रमित ब्यक्तिहरु क्रमस १र२ गर्दै हालसम्म १६ जना बढिमा संक्रमण देखि सकिएको अबस्था छ।

यो संक्रमण बाट बच्ने प्रमुख उपाय भनेको हामी आफैक‍‍‍ो होसियारी , सजकता, सतर्कता नै हो भन्ने कुरा अरु शक्ति संपन्न मुलुकलाई हेरे बुझ्न गार‍ो होला जस्त‍ो लाग्दैन।

अहिलेको अवस्थामा सरकारलाई धारे हात पारेर, प्रधानमन्त्री, मन्त्रीहरु र अरु कसैलाई गालि गरेर हामी वच्न सकिने स्थिती हुदैन । त्यसैले हामी सबैले सचेत बनौं र संकट सामनामा एकताबद्ध बनौं । सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्दै स्वास्थ्य बिभागका बिज्ञ र स्वास्थ कर्मिहरुले निरनतर जानकारी गराईरहेका कामहरु गर्न ध्यान दिउँ ।

नियमित हात धुने लगात अन्य सरसफाईका काम गर्न नभुलौं। लकडाउनको समय क्रमशः लम्बिदै १ महिना पुगी सकेको छ । परिस्थिति प्रतिकुल नै रहेमा समय लम्बिन पनि सक्छ। यस कुरालाई ध्यानमा राखेर सरकारले बिपन्न परिबार, मजदुर लगायत खान समस्या भएकालाई खानको ब्याबस्था गर्न, राहतको ब्यवस्था तिनै तहका सरकरले सहकार्य गरि मिलाउने घ‍‍ोषणा गरि स्थानीय सरकारलाई निर्देशन समेत गरिसकेको छ।

सोको लागि लक्षित बर्गलाई राहत उपलब्ध गराउने संबन्धि मार्ग निर्देशन २०७६ तयार गरी पठाई सकेको छ। उक्त निर्देशनमा कस्ता परिवारलाई बिपन्न,असहाय, अशक्त भन्ने जस्ता कुरा खुलाई लक्षित बर्गको पहिचान संबन्धि समेत खुलाई पठाएक‍‍ो छ । सबै स्थानीय तहले सोहिलाई आधार मानि नीतिगत निर्णय गरि तेस्ता परिवारक‍ो यकिन गराई राहतक‍ो तयारी समेत भैरहेको कुरा जानकारीमा आएका छन्।

यदाकदा लक्षित परिवार यकिन गर्दाको बखत, राहत बितरणका बखत केही सानातिना समस्याहरु समेत आएको देखिएका छन्। यस्त‍ो समस्या आउन नदिनका लागि सबै जनप्रतिनिधीहरु, राजनीतिक दल र दलका प्रतिनिधीले जिम्बेवारी पुर्बक आफ्नो भूमिका निर्वह गरिय‍ो भने पक्कै समस्या आउने छैनन् । आईहाले सजिलै सामाधन गर्न सकिन्छ।

यस्तो बेलामा कुनै राजनीतिक आग्रह पुर्बाग्रह बिहिन बनेर काम गर्न सकिय‍‍ो भने हामी सजिलै संकटको सामना गर्दै अगाडि बढ्न सक्नेछौं ।

कहि कत‌ै छिटफुट रुपमा राजनीतिक दलहरुले एकले अर्कालाई द‍‍ोस देखाउने, लक्षित बर्गमा नपर्ने परिबारक‍‍‍ो नाम टिपेर पठाउने र मैले पठएक‍ो नाम उसले काटेछ भन्दिने जस्ता केही असज कुरा ‍भएका समेत सुन्नमा आएका छन । यस्त‍‍‍ो कार्य हामी क‍ोही कसैबाट पनि नगरौं। वास्तविक वर्ग तथा परिवारको सबैले पहिचान गरी खान नपुग्ने परिवारका लागि खाने ब्यबस्था मिलाउ।

य‍ो संकटको घडीमा हामीसबै एकजुट बनौं। सामूहिक रुपमा सबै समस्या संग जुधौं सफल हुने छौं । यो समस्या सबै जनप्रतिनिधि, राजनितिकदल लगायत हमी सबैक‍ साझा समस्या हो यसलाई हल गर्न सबै एकजुट बनौं यहि नै सबैमा मेरो अनुरोध छ।

४ बैशाख २०७७, बिहिबार, लेखक नेकपा झापा जिल्ला कमिटी सचिवालय सदस्य हुन्
तपाईको प्रतिक्रिया