Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

द्रोण अधिकारी

भद्रपुर, ३ बैशाख २०७७ । झापा कारागारका कैदीबन्दीकाको मलमूत्रबाट निस्कने फोहोर पानीबाट स्थानीयवासी दुई दशकदेखि पीडामा छन् । कारागार प्रशासन र भद्रपुर नगरपालिकाले कारागारबाट मलमूत्रबाट निस्कने फोहोरको प्रवन्ध नगर्दा कारागार पूर्वतर्फका बासिन्दा पीडित भएका हुन् ।

झापा कारगारमा ३ सय ५० जना कैदीबन्दीको क्षमता भएपनि १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित बाल बालिका छन् । कारागारका कैदीबन्दीले बिसर्जन गर्ने मदमूत्र गोबरग्याँसको ट्याङ्कीमा जाने गरेको र त्यसबाट निस्कने लेदो कारारगार पूर्वको भागमा फालिने गरेको छ । कारागारको मलमूत्र मात्र होइन, ढलपनि पुर्वतर्फको खेतमा फाल्दा मलमूत्रको दुर्गन्धले स्थानीयवासी पीडामा छन् ।

दुई दशकदेखि फोहोर नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र भद्रपुर नगरपालिकालाई आग्रह गरेपनि सुनुवाई नभएको स्थानीय भिष्मराज भट्टराई बताए । भद्रपुर नगरपालिका वडा नम्बर ९ मा रहेको कारागारबाट दैनिक पाँच हजार लिटर भन्दा बढी मलमूत्रको फोहोर निस्कने गरेको छ । तर, त्यो फोहोर स्थानीयको खेलमा फाल्दा गाउँनै दुर्ग्न्धित भएको छ ।

कारगारबाट मानव मलमूत्रको फोहोर नियन्त्रणका लागि ढल र पानीको ट्याङ्की निर्माणका लागि टेण्डर लगाएकोमा लकडाउनले सम्झौता हुन नसकेको कारागार प्रमुख राजेन्द्र निरौलाले बताए । उनले २० लाखको ट्याङ्की निर्माणको टेण्डरको सूचना निकालिएको निरौलाले जानकारी दिए ।(सजिलोखबर)

तपाईको प्रतिक्रिया