Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

काठमाडौं, ३ वैशाख । लकडाउनको समयमा सवारी पासको दुरुपयोग बढेपछि परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुका बाहेक अन्य प्रयोजनाका लागि सवारी पास जारी नगर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा जाने बाहेक अन्यलाई सवारी पास नदिइने भएको हो ।

प्रशासनले बुधबारदेखि लागू हुने गरी किरियापुत्रीका बाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नगर्ने भएको हो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सार्वजनिक सूचना जारी गर्दै सवारी पासको माग अत्याधिक बढेपछि भीडभाड हुँदा लकडाउन समेत उल्लंघन हुने अवस्था सिर्जना भएको मृत्यु संस्कारमा जाने परिवारका सदस्य बाहेक अन्‍यलाई सावरी पास नदिइने बताएका हुन्।

लकडाउनपछि १२ सयभन्दा बढी मानिस सवारी साधनको दुरुपयोग गरेर आवातजावत गरेपछि नियन्त्रणमा लिइएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दैनिक उपभोग्य वस्तुको ओसारपोसार,औषधि,पानी,एम्बुलेन्,प्रेस लगायत अत्यावश्यक सेवामा मात्रै आवागमन अनुमति दिएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments