Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २ वैशाख । कोरोना भाइरसको संक्रमणको महामारी फैलिन नदिन सरकारले सीमा नाकाबाट अवैध रुपमा लुकीछीपी नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई आश्रय दिनेलाई कडा कारवाही गर्ने भएको छ ।

अनाधिकृत रुपमा सीमा नाकाबाट नेपाल प्रवेश हुने गरेको पाइएको भन्दै सरकारले नाकाबाट नेपाल प्रवेश गर्न नदिन कडा नीति अख्तियार गरेको हो ।

छिमेकी मित्रराष्ट्रलगायत अन्य मित्रराष्ट्रहरुले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई कोरोना रोगको संक्रमणबाट सुरक्षित राख्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

‘नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सीमानाकाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन वैशाख ३ गते बुधबार मध्यरातसम्मका लागि नेपालले अन्तराष्ट्रिय सीमानाकामा रहेका सबै प्रवेशद्वार र खुलासीमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने तर मालसामानको ढुवानीलाई यथावत राख्ने निर्णय गरेको छ

बैठकले लकडाउनको समयसीमा वैशाख १५ गते मध्यरातसम्मका लागि लम्ब्याउने निर्णय भएको पनि खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया