Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १ वैशाख । सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिए। अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको र बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताएका छन्।

उनका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआरबाट पाँच हजार ६९१ र ¥यापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २९१ जनाको परीक्षण गरिएको छ । पिसिआरबाट गरिएको परीक्षणमा काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार हजार ४३१ र उपत्यकाबाहिर एक हजार २५९ गरिएको छ । आजै मात्र काठमाडौँमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।

यसैगरी अहिलेसम्म सात हजार १७७ क्वारेन्टाइनमा बसेको छन् । वेबसाइट र मोबाइल एपमा आफैँ परीक्षण गराएका १३ जना आज ‘रेड जोन’मा परेका छन् । अहिलेसम्म २१९ जना रेड जोनमा परेका छन् । अहिलेसम्म १०३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा नौ जना र बाँकी ९४ जना बाहिर रहेका छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ्मा दुई, काठमाडौँमा दुई, पर्सामा तीन र रौतहटमा एकजना सङ्क्रमित फेला परेका छन् ।गोरखापत्र

तपाईको प्रतिक्रिया