Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १ वैशाख । रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो । यी दुई केश थपिएसँगै संक्रमितको संख्या १४ पुगेको छ ।

हिजो आइतबार मात्रै पर्साको वीरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएकोे थियो ।

प्रवक्ता देवकोटोले तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताए । उनले ती व्यक्तिसँग आएका २८ जनाको नमुना परीक्षण भएको बताए । साथै छपकैया टोलका ५९ जनामा नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी हाल भने निको भइसकेका छन् ।

नेपालमा हालसम्म सोमबारको अपडेट अनुसार ५ हजार २ सय ९१ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ ।

आजको अपडेटमा आइसोलेसनमा देशभरी १०३ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार १ सय ९१ जना रहेका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया