Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

सप्तरी, १ वैशाख । लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको बादविवादका क्रममा बेहोस भएर एक जना बृद्वाको मृत्यु भएको छ ।

सप्तरीको खड्ग नगरपालिका-६ बीरपुरमा लकडाउन उल्घंघन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीसँग स्थानीय वासिन्दाको विवाद भएको थियो ।

बादविवादकाक्रममा ६५ बर्षीया जयनव खातुन बेहोस भएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी तिलक भारतीले बताए ।

बेहोस भएकी उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउनेवित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी मुटुका रोगी थिइन् ।

प्रहरीले आफैं बेहोस भएको बताएपनि स्थानीयले लक डाउन उल्लंघन रोक्न गएको प्रहरीले उनलाई कुटेपछि उनी बेहोस भएको जनाएका छन् ।

जयनवका पति हाजी कमरुद्धिन ट्याक्टरमा सामान लोड गरिरहँदा प्रहरीले उनी र पत्नी जयनवलाई कुटेको स्थानीयले बताएका छन् ।अनलाइनखबर

तपाईको प्रतिक्रिया