Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

नैन दाहाल

सारै दुष्ट छ भाइरस अहो पिडा सबैलाई दियो
राजा रंक नि भनेन यसले जीवन धेरैको लियो ।
मान्छे मान्छेसंगै सरक्क सरने न रुप रंगै हुने
यसकै कारण मर्यो यदि बाबु आँट्तैन छोरो छुने।

कस्तो निष्ठुर लौ बन्नु परने देखेनि नदेखे गरी
बाढी बग्ने थियो भेला गरे आँसु झरे जति दरदरी ।
बाबु ढल्छ कतै कतै आमा ढलिन् भोकै परे सन्तती
छाम्छु चिसो चुलो म भित्री मनले ठप्पै भयो उन्नति ।

जीवन बाँचे बाँच्तछ सबै हाम्रो धर्म कला संस्कृति
आफ्नो सिमा आफैँ उलंघन गरेमौलाउला विकृति ।
वसन्तमा सधैँ मुसुक्क गरने मुर्झाएछन् मन्जरी
आँसु भेटी राखि मृतक सबमा गर्छु म स्रध्दान्जली ।

तपाईको प्रतिक्रिया