Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

विराटनगर, १ वैशाख । प्रदेश १ सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण, उपचार र राहत वितरणका लागि स्थानीय तहलाई ९ करोड ५० लाख बजेट प्रदान गर्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना दिँदै यस प्रदेशका १ सय ३७ वटै स्थानीय तहमा बजेट उपलब्ध गराउने घोषणा गरेका छन्। महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १० लाख र गाउँपालिकालाई ५ लाखको दरले बजेट उपलब्ध गराउने घोषणा गरेका हुन्।

जिल्लामा कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण र उपचार कार्यमा स्थानीय तह र स्थानीय प्रशासनसँग समन्वय र अनुगमनलगायतको भूमिका निर्वाह गर्न १४ वटै जिल्ला समन्वय समितिलाई ५/५ लाखका दरले कुल ७० लाख रुपैयाँ बजेट उपलब्ध गराउने राईले घोषणा गरेका छन्।कान्तिपुर

तपाईको प्रतिक्रिया