Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

विराटनगर, ३० चैत्र । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई राउण्ड टेबलले आईसीयू शय्या सहयोग दिएको छ ।

विराटनगर राउण्ड टेबल नम्बर ५ र काठमाडौं मेट्रो राउण्ड टेबल नम्बर ४ ले संयुक्त रुपमा २ वटा आईसीयू वेड प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेका हुन् । विराटनगर राउण्ड टेवल नं.५ का अध्यक्ष अश्विनी वंशलले करिब २ लाखबराबरको दुइटा वेड मन्त्री घिमिरेलाई हस्तान्तरण गरे । मन्त्री घिमिरेले विभिन्न अस्पतालबाट वेडहरु ल्याएर सेवा सुरु गरिए पनि अहिले विभिन्न दातृ संस्थाहरुबाट उपचार केन्द्रका लागि सहयोग जुट्दै गएको बताए ।

अन्य स्वास्थ्य संस्थाहरुबाट ल्याइएका वेडहरु फिर्ता गरिँदै लैजाने पनि उनले बताए । यसअघि कोभिड १९ उपचार केन्द्रलाई प्रदेश १ का विभिन्न गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।कान्तिपुर

तपाईको प्रतिक्रिया