Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, ३० चैत्र । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको प्रभाव रहेको जनाएको छ ।
यसैगरी, महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहि बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार(आज) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी मौसम पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, अपरान्हपछि पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमानमा जनाइएको छ ।

राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू९भागमा मौसम सामान्यतया सफा रहने छ।

तपाईको प्रतिक्रिया