Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

एजेन्सी

काठ्माडौं, ३० चैत्र । विश्व स्वास्थ्य संगठनले शनिबारको आफ्नो रिपोर्टमा हालसम्म २२ हजार ७३ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसद्वारा संक्रमित भएको जानकारी दिएको छ ।

संगठनका अनुसार अप्रिल ८ तारिखसम्म ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मी प्रभावित भइसकेका छन् । संगठनले भनेको छ, ‘सबै देशले आफ्ना कति स्वास्थ्यकर्मीमाथि संक्रमण देखिएको छ भनेर पक्का जानकारी दिएका छैनन् तसर्थ यो आँकडा यहाँ उल्लेख गरिएको भन्दा पनि बढी हुनसक्छ ।’

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीले कोरोनाभाइरसविरुद्धको लडाईंमा फ्रन्ट लाइनमा उभिएर महत्वपूर्ण भूमिका निभाइरहेका छन् । संगठनले भनेको छ, ‘यतिबेला उनीहरु संक्रमित बिरामीहरुको पूर्ण रेखदेख गरिरहेका छन् ताकि उनीहरुबीच हुने संक्रमण रोक्न सकियोस् ।’

तपाईको प्रतिक्रिया