Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, २९ चैत्र । गौरादह नगरपालिकाले नगर भित्र रहेका गरिब तथा विपन्न परिवारलाई दोस्रो चरणमा खाद्यान्न सामग्री वितरण गर्ने निर्णय गरेको छ। नगरपालिका भित्रका सबै वडामा पहिलो चरणमा खाद्यान्न सामग्री वितरण गरिसकेको र लकडाउनको अवधि थपिएकाले दोस्रो चरणको राहत वितरणका लागि नगरपालिकाले तयारी गरिरहेको छ।

नगरपालिकाले दोस्रो चरणकालागि १ लाख २० हजार केजी चामल, १० हजार केजी दाल, ४ हजार लिटर तेल, ४ हजार केजी नुन खरिद गरि विपन्न परिवारलाई राहत दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम ओझाले जानकारी गराएका छन्। नगरपालिका भित्र रहेका गरिब तथा विपन्न परिवारलाई पहिलो चरण जस्तै प्रति परिवार १० केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर तेल राहत स्वरुप खाद्यान्न सामग्री वितरण गर्ने निर्णय गरेको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए।

नगरपालिकाले पहिलो चरणमा नगर भित्र रहेका गरिब तथा विपन्न ३२ सय २९ घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिसकिएकोले दोस्रो चरणको राहत वितरणको लागि आवश्यक तयारी गरिरहेको मेयर शाहले बताए। पहिलो चरणको खाद्यान्न वितरणमा केही विपन्न घर परिवारको नाम छुटेकाले उनीहरुको समेत नाम समावेश गर्न टोल विकाश समिति मार्फत फारम भराउने कार्य भइरहेको प्रमुख शाहले बताए। सबै वडाबाट नामावली संकलन भई नगरपालिकामा आएपछि त्यसलाई अध्यान गरि कार्यपालिकाको बैठकले निर्णय गरेपछि दोस्रो चरणको राहात वितरण गरिने मेयर शाहले बताए।
दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जनमजदुरहरुका लागि दोस्रो चरणको खाद्यान्न वितरणको तयारी गरिरहेको मेयर शाहले बताए।

गौरादह नगरपालिकाले गौरादहको सामुदायिक भवनमा स्थापना गरेको क्वारेन्टाइन ग्वालडुब्बामा स्थानान्तरण गरेको छ।
गौरादहमा रहेको सामुदायिक भवनमा ढोकाहरु व्यवस्थित नभएको, घेराबेरा नभएको र एउटै हल भएकाले कोठाहरु पाटेसन र घेराबेरा भएको गौरादह नगरपालिका वडा नं -७ को ग्वालडुब्बामा नव निर्मित स्वास्थ्य चौकी भवनमा स्थानान्तरण गरिएको हो। क्वारेन्टाइन स्थानान्तरण गरेसँगै बेड संख्या समेत थप गरिएको छ।

गौरादह नगरपालिकाले सामुदायिक भवनमा १० बेडको क्वारेन्टाइन स्थापना गरिएपनि त्यसलाई बढाएर १६ वेडको बनाइएको मेयर शाहले जानकारी गराए।स्वास्थ्यकर्मीका लागि २५ थान पीपीई, ग्लोव्स, एन नाईटी पाईभ मास्क, सेनिटाईजर, ७ वटा थर्मल गन र पीपीई सहितको २ वटा एम्बुलेन्सको व्यवस्था गरिएको हुदाँ कोरोना भाइरस नियन्त्रणका लागि नगरपालिका तयारी अवस्थामा रहेको उप प्रमुख गीता भेट्वालले जानकारी गराइन।

क्वारेन्टाइनमा हाल सम्म १ जना मात्र बसिरहेका छन।कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त भइरहेकाले आतिनु पर्ने अबस्था नरहेको गौरादह नगरपालिकाका नगर प्रबक्ता नगेन्द्र भण्डारीले बताए।गौरादह नगरपालिकामा भाइरसको उच्च जोखिम नदेखिए पनि त्यसबाट वचन नागरिकहरु सचेत हुन आवश्यक रहेको उनको भनाइ छ।

नगरपालिकाको विपत्त व्यवस्थापन कोषमा ४० लाख रूपैयाँ रहेकोमा जनप्रतिनिधिहरूको सेवा सुविधा बापत पाउने करिब ६ लाख रूपैयाँ समेत बिपत ब्यबस्थापन कोषमा जम्मा गरिएकाले ४६ लाख रूपैयाँ कोषमा रहेको छ।पहिलो चरणको राहत बितरणमा अहिलेसम्म करिव २० लाखभन्दा बढि खर्च भएकाले दोस्रो चरणका लागि आवश्यक तयारी गरिदैंछ।

नगरपालिकाकै बजेटबाट पहिलो चरणको काम सकेको स्वास्थ्य सामग्री पनि खरिद समिति बनाएर नगरपालिकाले खरिद गरेको मेयर शाहले जानकारी गराए। ४६ लाखबाट स्वास्थ्य सामग्री र पहिलो चरणको राहत खरिद गरिएको नगरपालिकाले जनाएको छ।बाँकी रहेको बजेटमा सरकारबाट प्राप्त हुने बजेट, स्थानीयस्तरका विभिन्न संघ संस्थाबाट संकलन भएको राहत रकमलाई एकमुष्ट बनाएर दोस्रो चरणको काम सम्पन्न गरिने बताइएको छ ।स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने सामग्रीहरू खरिद गरिसकिएको हुदाँ उच्च मनोबलका साथ निरन्तर खटिरहेका लगभग ५० जना स्वास्थ्यकर्मीहरूलाई नगरपालिकाले प्रोत्साहन स्वरूप लकडाउन अवदिभर खाईपाई आएको तलवमा थप ५० प्रतिशत वृद्धि गरिएको मेयर शाहले बताए।

गौरादह नगरपालिका स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईका अनुसार स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्रीका साथै पीपीई, मास्क,सेनिटाइजर, ग्लोब्स्, थर्मल गन नगरपालिकाले खरिद गरिसकेको जानकारी गराए।

तपाईको प्रतिक्रिया