Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का

गौरादह, २८ चैत । परम्परा कालदेखि पुर्बी तराईका आदिवासी समुदायले सिरुवा पर्वकाे अवसरमा  धुमधाम सँग लगाइने मेला यस बर्ष नलगाइने भएकाे छ।काेराेना भाइरसकाे संक्रमणकाे त्रास फैलिरहेकाे समयमा त्यसबाट जाेगिन मेला बजार यशबर्ष स्थगित गरिएकाे हाे।

नयाँ बर्षकाे अवसरमा आदिवासी समुदायहरुले महाराज थानमा कुल देवी देवताकाे पुजाआजा गर्दै मेला लगाउने गरेका थिए।पुर्बी तराईमा बसाेबास गर्ने  राजवंशी,ताजपुरिया, धिमाल,गनगाई,चौधरी, यादव  लगायतका आदिवासी समुदायले आ-आफ्नो घरमा पुजा पाठ गरि मिठाेमसिनाे खाई सिरुवा पर्व मनाउने गरेका थिए।

आदिवासी समुदायहरुले महाराज थानमा पुजापाठ गर्दै सांस्कृतिक पहिचाहन झल्कने नृत्य प्रदर्शन गर्दै रमाइलो संग मनाइने मेला यसवर्ष नलाग्ने भएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम हुन सक्ने भएको भन्दै विभिन्न स्थानका महाराज थानमा आयोजना हुने मेला स्थगित गरिएको हो ।

ताजपुरिया समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष गंगाराम ताजपुरियाका अनुसार परापुर्ब कालदेखि नयाँ वर्षका अवसरमा सामुहिक रुपमा आदिवासी समुदायहरुले आफ्ना कुल देवीदेवताकाे  पूजाआजा गरी मनाउँदै आएको सिरुवा मेला यसवर्ष काेराेना भाइरस संक्रमणका कारण प्रभावित बन्न पुगेको जानकारी गराए।मेलामा भिडभाड हुने भएकाले महामारी फैलिन सक्ने जोखिमका कारण सर्तकताका अपनाउन मेला नलगाउने निर्णय गरिएको जानकारी गराए।

गौरादह नगरपालिका वडा नं ७ र ८ भित्र रहेका ग्वालडुब्बा, पुरानाे ग्वालडुब्बा, दुधाली,जुराेपानी,बैराती महाराजथानहरुमा प्रत्येक बर्ष बैशाख १ गते देखि सिरुवा मेला लाग्दै आएकोमा यसपटक नलगाइने भएको  राजवंशी समाज बिकाश समिति गौरादह नगर अध्यक्ष रघुनाथ राजवंशीले जानकारी गराए।  विश्व नै महामारीको चपेटामा परेकाले चाडपर्व भन्दा गाउँ  समाज तथा मुलुक भित्र बसाेबास गर्ने नागरिकहरुलाई  महामारीबाट जाेगाउन चुनौती देखिएकाले यस वर्ष सिरुवा मेला स्थगित गरिएको राजवंशीले बताए।सिरुवा पर्बमा गौरादह नगरपालिकाकाे दुधाली, ग्वालडुब्बा र जुराेपानी महाराजथानमा सांस्कृतिक कार्यक्रम सहित बर्षौदेखि भब्य  मेला लाग्दै आएको छ।

मेला भर्न महाराजथानमा पुजा गर्न  मोरङसहित झापा र सिमावर्ती भारतकाे बिहारका विभिन्न स्थानबाट दर्शनार्थीहरु आउने गरेको दुधाली महाराजथान मेला आयाेजक समितिका सल्लाहकार संयाेजक धनिलाल राजवंशीले बताए।

यसवर्ष भने काेराेना भाइरस संक्रमणकाे महामारीका कारण मेला स्थगित गरिएपनि पुजापाठ भने गरिने राजवंशीले बताए। आदिवासी समुदायहरुले नयाँ वर्षको अवसरमा बैशाख १, २ र ३ गते पानी, हिलो र रङ खेलेर महाराजथानमा मेला लगाई सिरुवा पर्व मनाउने चलन रहिआएको छ।

सिरुवा पर्बमा महाराजकाे पुजाआजा गर्दा मानवकाे जीवन रक्षा र शरिरमा भएका राेग हरण भएर जाने धार्मिक बिस्वस्नियता रहेकाे गौरादह नगरपालिका -७ पुराने ग्वालडुब्बाका शिव नारायण माक्रा बताउँछन्। मनाेकांक्षा पूरा भएका भक्तजनहरुले मेलामा आई महाराजकाे पुजापाठ गरि भाकल अनुसारकाे सामग्री चढाउने गरेकाे पनि माक्राले बताए।

तपाईको प्रतिक्रिया