Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

मोरङ, २७ चैत्र । कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना शुक्रबारदेखि परीक्षण शुरु गर्ने जानकारी दिए । सो अस्पतालमा अब दैनिक करिव ९६ जनाको नमूना सङ्कलन गर्न सक्ने क्षमता भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा दैनिक २० जनाको मात्रै स्वाब परीक्षण गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ । परीक्षण आरम्भका लागि काठमाडौँस्थित वीर अस्पतालका जेनेटिक साइन्टिस्ट वलराम गौतम पनि यहाँ आएका छन् । शुक्रबारदेखि प्रदेशका क्वारेन्टाइनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण शुरु गरिने भएको छ ।रासस

तपाईको प्रतिक्रिया